नियम ४०क
श्रेणी विहीन पदको स्तर सम्बन्धी व्यवस्था
(१) नेपाल प्रहरीको श्रेणी बिहीन पदमा देहाय बमोजिमको स्तर रहनेछ:-
(क) प्रथमस्तर, (ख) द्वितीयस्तर, (ग) तृतीयस्तर, (घ) चतुर्थस्तर, (ङ) पञ्चमस्तर। (२) श्रेणी विहीन पदमा सुरु नियुक्ति हुने प्रहरी कर्मचारीको प्रथम स्तर कायम हुनेछ। (३) श्रेणी विहीन कर्मचारीको देहाय बमोजिम स्तर वृद्धि हुनेछ:-
(क) पाँच वर्ष वा सो भन्दा बढी तर दश वर्ष भन्दा कम सेवा अवधि भएकोलाई द्वितीयस्तर,
(ख) दश वर्ष वा सो भन्दा बढी तर पन्ध्र वर्ष भन्दा कम सेवा अवधि भएकोलाई तृतीयस्तर,
(ग) पन्ध्र वर्ष वा. सो भन्दा बढी तर बीस वर्ष, भन्दा कम सेवा अवधि भएकोलाई चतुर्थस्तर,
(घ) बीस वर्ष वा सो भन्दा बढी सेवा अवधि भएकोलाई पञ्चमस्तर ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा स्तर वृद्धि गरिने छैनः-
(क): तलब वृद्धि रोक्का भएको अवधिभर,
(ख) तलब वृद्धि घटुवा भएको वा सुरु स्केलमा घटुवा भएको वा नसिहत पाएकोमा सो मितिले एक वर्षसम्म।
(५) उपनियम (३) को स्तर बमोजिमको तलबमान नेपाल सरकारले तोके बमोजिम हुनेछ।
(६) नेपाल प्रहरीको श्रेणी विहीन कर्मचारीको स्तर वृद्धि गर्दा उपनियम (३) बमोजिमको सेवा अवधि पूरा भएको भोलिपल्टदेखि लागू हुने गरी गरिनेछ।
(७) उपनियम (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत श्रेणी विहीन पदमा उपनियम (३) को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिमको सेवा अवधि पूरा भएका प्रहरी कर्मचारीको हकमा यो नियम प्रारम्भ भएको : मितिबाट लागू हुने गरी स्तर वृद्धि गरिनेछ ।
(८) उपनियम (६) र (७) मां जुनसुकै कुरा लेखिएको भए तापनि सो अवधिमा उपनियम (४) बमोजिमको सजाय भएकोमा सोको समयावधि समाप्त भएको भोलिपल्टदेखि लागू हुने गरी स्तर वृद्धि गर्नु पर्नेछ।